प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत पाएका छन् । मुख्यमन्त्री नियुक्त भएको छैटौं तथा सपथको पाचौं दिन शुक्रबार कार्कीले प्रदेश सभाबाट विश्वासको मत पाएका हुन् ।
चार दलीय सत्ता समीकरणको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीको पक्षमा ५९ मत प्राप्त भएको हो । कार्कीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थन रहेको थियो । संविधान २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावलीको नियम १२८ (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि प्रदेश सभामा प्रस्ताव दर्ता भएको थियो ।
९३ सदस्यीय प्रदेश सभामा मतदान गर्ने ९२ मध्ये विश्वासको मतको पक्षमा ५९ र विपक्षमा ३२ मत प्राप्त भएको सभामुख बाबुराम गौतमले घोषणा गरे । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका कार्की एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक गरी ६० जना प्रदेश सभा सदस्यीयको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । माओवादीका सभा सदस्य बाबुराम गौतम सभामुखमा चयन भएका कारण उनी मत विभाजनमा सहभागी भएनन् ।

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_L9vkdM3ovv_ufpyjvqqjeuvsmalzxxdif2nk27i2cteluljf2yjvo71tvio47y2v7qmu8gb.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया