कम्युनिस्ट आन्दोलनका लागि एकीकृत समाजवादी असाधारण ठाउँ भएकाले यही पार्टी रोजेँ : भुसाल
काठमाडौँ- नेकपा एमाले परित्याग गरेका कम्युनिष्ट नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता भुसालले आफू नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको स्वघोषणा गर्दै पार्टीको सदस्यता नवीकरण गर्न निवेदन दिने बताएका हुन् । नेता भुसालले समाजवादको कार्यदिशालाई अघि बढाउनका लागि समाजवादी जस्तो अरू कुनै पार्टी आफूले नदेखेको दाबी गरे ।
त्यस्तै उनले कम्युनिस्ट आन्दोलनका लागि एकीकृत समाजवादी असाधारण ठाउँ भएकाले यही पार्टी रोजेको जिकिर गरे । राजनीति र अदालतको गठजोरले कम्युनिष्ट पार्टी विभाजन गरेको र त्यसपछि बनेका अन्य दलहरूले समाजवादको कार्यदिशा अघि बढाउन नसक्ने उनले आरोप लगाए ।
भुसालले आजको समाजवादलाई माओवादको टोपीले समेट्न नसक्ने र एमालेको सिद्धान्त पनि अहिले जबजको व्याज मात्रै खाने माध्यम बनाएको धारणा राखे । उनले नेकपाको खास उत्तराधिकारी नेकपा एकीकृत समाजवादी नै भएको र नवौँ महाधिवेशनका बाँकी कामहरू पूरा गर्नुपर्ने आफ्नो मागलाई पूरा गर्ने आश्वासन पनि नेतृत्वबाट पाएको बताए ।
नेता भुसालले नेकपा गठन हुँदाको कार्यदिशा कार्यान्वयन हुन नसक्दा भ्रष्टाचार नियन्त्रणका साथै कृषि क्रान्ति सम्भव हुन नसकेको तर्क गरे । उनले केपी ओलीकै कारण मुलुकले पटक-पटक ठूलो अवसर गुमाएको र ओलीले नै एमालेलाई २०४७ सालमा फर्काएको आरोप लगाए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया