प्रदेश लोक सेवालाई मुख्यमन्त्रीको निर्देशन : तुरुन्त कर्मचारी भर्ना गर्नू !

जनकपुरधाम : प्रदेश-२का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोक सेवा आयोगलाई कर्मचारी भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । प्रदेश लोकसेवा आयोगले गरिरहेको कामकाजबारे जानकारी लिने उद्देश्यका साथ मुख्यमन्त्री निवास मधेश भवनमा बसेको बैठकमा मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन् ।
आयोगले कर्मचारी भर्ना सम्बन्धी क्यालेण्डर जारी गरेकोमा धन्यवाद दिँदै मुख्यमन्त्री राउतले क्यालेण्डर अनुसार नै कर्मचारी भर्ना प्रक्रिया सुरु गर्नुपर्ने बताए । छलफलमा प्रदेश लोक सेवा आयोगका अध्यक्ष लगायतका पदाधिकारी एवं सचिवले आयोगले गर्दे आएको कामकाज बारे मुख्यमन्त्री राउतलाई ब्रिफिङ्ग गरेका थिए ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया