एमाले कहिल्यै सुध्रिँदैन : नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पुरानै विचार, दृष्टिकोण र सिद्धान्तले एमाले नसुध्रिने बताएका छन् ।
शुक्रबार कम्युनिष्ट नेता घनश्याम भुसाललाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले एमाले नसुध्रिने निष्कर्षमा आफ्नो पार्टी र घनश्याम भुसाल पुगेको र अन्य नेताहरू पनि एमाले छाड्दै आउने बताएका हुन् ।
उनले नेकपा एकीकृत समाजवादीलाई अब हाम्रो र राम्रो पार्टी बनाउने धारणा राखे । कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन इमान्दार कम्युनिष्टहरूलाई गोलबन्द बनाएर एकताबद्ध रूपमा अघि बढ्ने उनको भनाइ छ ।
उनले विगतको समीक्षा गर्दै नयाँ ढंगले पार्टी सुदृढीकरण र पुनर्गठन गरेर अघि बढ्ने र बेग्लै पहिचान स्थापित गर्ने पनि बताए ।
नेकपा एकीकृत समाजवादी प्रवेश गरेका भुसालले एमाले परित्याग गर्दै मंसिर ४ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर – १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया