कहिले यो निस्केला र म अध्यक्ष बनौँ भन्नेहरू धेरै छन्ः भुवन केसी

काठमाडौँ- चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको भन्दै त्यस्ता क्रियाकलाप गर्नेलाई जरिवाना र फिल्ममा हुने क्षति तिराउने गरी कानुन निर्माण गर्न लागिएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको चलचित्र निर्माताहरूको बृहत भेला तथा छलफल कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले पछिल्लो समय नेपाली फिल्म बनाउन धेरै नै गाह्रो भइरहेको उल्लेख गरे । चलचित्र निर्माणका लागि स्टुडियो, प्रहरीको भ्यान लगायतका स्वीकृति लिन नै झन्झट व्यहोर्नुपरेको उनकाे भनाइ छ ।
उनले नेपाली निर्माताहरू फिल्म निर्माणका लागि घरखेत बेचेर लाग्ने गरेको तर युट्युव पत्रकारहरूले सिनेमाको दृश्य पहिल्यै खिचेर सार्वजनिक गरिदिँदा निर्माताहरूलाई ठूलो क्षति भइरहेको उल्लेख गरे । कुनै पनि व्यक्तिले अमर्यादित क्रियाकलाप गरेको खण्डमा कडा सजाय दिने मात्र नभई जरिवाना र फिल्ममा परेको क्षतिपूर्ति तिराउन सरकारसँग माग गरिएको उनले बताए ।
अध्यक्ष केसीले चलचित्र विकास बोर्डको अध्यक्ष भएर आएको ५/६ महिना मात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरे । उनले आफू कुन बेला निस्किन्छ र म चलचित्र विकास बोर्डको अध्यक्ष बनौँ भन्ने लोभ गर्ने मान्छेहरूले काम गर्न नदिएको बताए । उनले आफ्नो कार्यकालमा चलचित्र विकासको लागि राम्रा काम गर्ने प्रतिबद्धता जनाए । उनले चलचित्र क्षेत्रलाई प्रवर्द्धन गर्न सबै निर्माताहरू एकजुट हुनुपर्ने बताए ।
अध्यक्ष केसीले चलचित्र विकास बोर्डका लागि आवश्यक बजेट सरकारले दिन नसकेको गुनासो गरे ।

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

जेबिएस क्रियशनको नयाँ तीज गीत ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)

एक दशकपछि गायक शक्ति लामाको ‘सल्लाघारी….’ मार्फत भावनात्मक पुनरागमन (भिडियो)

ग्वान्जाओको एनआरएनए भेलामा आशिष सचिनको सनसनी प्रस्तुति

राजामैली ‘एसएसएमबी २९’को हैदारावादको सुटिङ सकियो, अब तान्जानियामा

कपिल शर्मा शोमा नदेखिनुको कारण खोलिन भारती सिंहले

जापानमा पहिलो पटक ‘नेपाल म्युजिक फेस्ट २०२५’ आयोजना हुने

प्रतिक्रिया