शंकर ग्रुप प्रोटोन गाडीको आधिकारिक बिक्रेता

काठमाडौं । शंकर ग्रुपले नेपाली बजारमा मलेसियाको प्रतिष्ठित कम्पनी प्रोटोनका गाडी भित्र्याउने भएको छ । यसका लागि काठमाडौंको नक्साल, गैरीधारामा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सोरुम सञ्चालनमा ल्याउन लागेको आधिकारिक बिक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले जनाएको छ । जगदम्बा मोटर्सले प्रोटोनको थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) उपलब्ध गराउने छ । चाडपर्वको मौसम लगत्तै उक्त सोरुम शुभारम्भ हुने जगदम्बा मोटर्सले जनाएको छ । प्रोटोनको सोरुम आकर्षक स्पेस सहितको छ भने प्रोटोनको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको छ । यसले नेपाली ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्नुका साथै एक आकर्षक गन्तव्यको रुपमा समेत आफ्नो पहिचान कायम गर्ने विश्वास गरिएको छ ।
नेपाली बजारमा पहिलो चरणमा प्रोटोन सागा सेडान उपलब्ध गराउने र त्यसपछि क्रमशः माग अनुसार अन्य मोडलका सवारी साधन उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

बनेपा नगरपालिकाले सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

वडा सदस्य मीनबहादुर महतोको तीन बिघामा लोभलाग्दो मेवाखेती

मर्स्याङ्दी जलविद्युत्बाट प्रभावित उन्नाइस परिवारलाई मुआब्जा वितरण

किसानलाई ५३२ घार मौरी वितरण

खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

नयाँ वर्षमा रियलमी र एनसेलको सहकार्य : रियलमी सी ७५ किन्दा डाटा र निःशुल्क ट…

प्रतिक्रिया