प्रदेश १ मा उपसभामुख निर्वाचन : एमालेकी सिर्जना र कांग्रेसकी लिलाको उम्मेदवारी
एमालेलाई सर्वसम्मत हुन नदिने प्रतिपक्षको रणनीति

विराटनगर- प्रदेश १ को प्रदेश सभाको उपसभामुख पदमा नेकपा एमालेकी सृजना दनुवार र नेपाली कांग्रेसकी लिलाकुमारी राईले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा सचिवालयले शुक्रबार दिउँसो ३ देखि ५ बजेसम्म तोकेको उपसभामुख पदको मनोनयन दर्ता अवधिमा दनुवारले सत्ता समीकरण सम्बद्ध चार दलको तर्फबाट उम्मेदवारी दिएकी हुन् ।
उदयपुरबाट समानुपातिक सांसदमा निर्वाचित भएकी दनुवारलाई सर्वसम्मत हुन नदिने रणनीति अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समानुपातिक सांसद राईलाई नेकपा एकीकृत समाजवादीको समर्थनमा उम्मेदवार बनाएको हो । राई पनि उदयपुरकै रहेकी छन् ।
उपसभामुख पदको उम्मेदवार बनेकी एमालेकी दनुवारको प्रस्तावमा उदयपुरबाटै निर्वाचित प्रदेशसभा सदस्य नारायणबहादुर मगर र समर्थकमा राप्रपाकी सविना बजगाँई रहेका छन् । त्यस्तै कांग्रेसकी राईको प्रस्तावकमा कांग्रेसकै खगेश्वरी पौड्याल र नेकपा एसकी विद्या चाम्लिङ राई समर्थक बसेकी हुन् ।
९३ सदस्यीय प्रदेश १ को सभामा हालको सत्ता समीकरणसँग सभामुख बाहेक कूल ५९ सांसद रहेका छन् । सभामुखले भने मत बराबर भएको खण्डमा मात्रै आफ्नो मताधिकार प्रयोग गर्नसक्ने कानुनी व्यवस्था रहेको छ ।
प्रतिपक्षमा रहेको नेपाली कांग्रेससँग २९ र नेकपा (एस) सँग ४ गरी ३३ सांसद रहेका छन् । माओवादी केन्द्रबाट सभामुख निर्वाचित भएका बाबुराम गौतमलाई सभामुखमा समर्थन गरेको नेकपा (एस) ले त्यही सत्ता समीकरणमा रहेको नेकपा एमालेकी उपसभामुखकी उम्मेदवार दनुवारलाई समर्थन नगर्ने नीति लिएको हो । नेकपा एमालेसँग क्रुद्ध देखिएको नेकपा (एस) ले उपसभामुख पदका लागि भने कांग्रेसकी राईलाई समर्थन जनाएको हो ।
बिहीबार बसेको तेस्रो बैठकले प्रदेश १ को प्रदेश सभाको उपसभामुख चयनको प्रक्रिया अघि बढाएको थियो । संविधानको धारा १८२ तथा प्रदेश सभा नियमावली २०७४ को नियम (९) बमोजिम उपसभामुख पदका लागि हुने निर्वाचनको कार्यक्रम प्रकाशन गरिएको थियो । निर्वाचनको कार्यतालिका बमोजिम शनिबार ११ बजे बस्ने प्रदेश सभाको बैठकमा उपसभामुख पदका लागि निर्वाचन हुने जनाइएको छ ।

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_09HnRvekgz_1vwo0rjcvcrhgje4bjkudy3a7sp5vxfezkp1uauxjfkbz6tcfop1wqhyfxcy.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया