प्रदेश २ : एकै दिनमा २८७ संक्रमित, ४ को मृत्यु

जनकपुरधाम : प्रदेश-२मा कोभिड-१९ संक्रमण तिब्र रुपमा फैलिँदै गएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लामा गरी २ सय ८७ जना संक्रमित भएको छ भने ४ जनाको निधन भएको हो ।
शुक्रबार दिउँसो सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका धनुषामा ४४, महोत्तरीमा १८, सिरहामा १०, सप्तरीमा २७, रौतहटमा १०, सर्लाहीमा ७, बारामा ३५ र पर्सामा १३५ जना संक्रमित भएका छन् । त्यस्तै बारामा एक र पर्सामा ३ जना गरी ४ जनाको मृत्यु भएको छ ।
निर्देशनालयका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका २४ का एक ७७ वर्षे पुरुषको मृत्यु भएको छ । त्यस्तै पर्साको वीरगंज महानगरपालिका ३ का एक ४७ वर्षे महिला, वीरगंज महानगरपालिका १२ का एक ४० वर्षे पुरुष र नगवा १६ का एक ४८ वर्षे महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
हालसम्म प्रदेको सप्तरीमा ४१, सिरहामा २६, धनुषामा २५, महोत्तरीमा १८, सर्लाहीमा १५, रौतहटमा १०, बारामा २६ र पर्सामा ६५ जनाको मृत्यु भइसकेको छ । हाल प्रदेशका जिल्लाहरुमा २१३६ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २०४६ होम आइसोलेशन र ९० जना अस्पतालको आइसोलेशनमा उपचारत अवस्थामा रहेका छन् ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया