युभेन्टसमाथि नापोलीको सानदार जित

काठमाडौँ- इटालियन फुटबल लिग ‘सिरि ए’ अन्तर्गत शीर्षस्थानको नापोलीले युभेन्टसमाथि सानदार जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा नापोलीले तेस्रो स्थानको युभेन्टसलाई ५-१ ले स्तब्ध तुल्याएको हो ।
नापोलीको जितमा भिक्टर ओसिम्हेनले दुई तथा खभिचा भारात्खेलिया, अमिर रहमानी र एलिफ इल्मासले एक-एक गोल गरे । युभेन्टसका लागि एन्जेल डी मारियाले एक गोल फर्काए ।
जितसँगै १८ खेलबाट नापोलीले ४७ अंक जोडेको छ । १७ खेलबाट ३७ अंक जोडेको एसी मिलान र १८ खेलबाट ३७ अंक जोडेको युभेन्टससँगको दूरी नापोलीले १० अंकमा पुर्याएको छ ।
नापोली सन् १९९० पछि पहिलो पटक लिगको उपाधि जित्ने दाउमा रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया