‘अरेबियन क्लबमा जाने मेस्सीको चाहना छैन’

काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीलाई साउदी अरेबियन क्लबले भित्र्याउनका लागि सम्पर्क नगरेको स्पेनिस फुटबल एक्सपर्ट गुइलेम बालाकीले दाबी गरेका छन् ।
बालाकीले अरेबियन क्लब अल हिलालले मेस्सीसँग कुनै छलफल नगरेको तथा मेस्सी उक्त क्लबमा जानेबारे नसोच्ने बताएको बीबीसीले जनाएको छ । पछिल्ला समाचारमा जनाइए अनुसार ३५ वर्षीय अर्जेन्टिनी कप्तान मेस्सीलाई अल हिलालले २ सय ४५ मिलियन पाउन्डमा भित्र्याउन खोजेको थियो ।
मेस्सीको सम्झौता यसै वर्ष अन्त्य हुने भएपनि उनले पीएसजीसँगको सम्झौता नविकरण गर्ने बालाकीले दाबी गरे ।
सन् २०२१ मा पीएसजी गएका मेस्सीले ५४ खेलमा २४ गोल गरिसकेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया