शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

मधेश प्रदेशको सभामुखमा दुई जनाको उम्मेदवारी

जनकपुरधाम- मधेस प्रदेशको सभामुखका लागि दुई जना प्रदेश सभा सदस्यले उम्मेदवारी दर्ता गराएका छन् ।

शनिबार प्रदेश सभाको कार्यतालिका अनुसार सभामुखका लागि सत्तारूढ गठबन्धनबाट एमालेका प्रदेश सभा सदस्य रामचन्द्र मण्डल र नेपाली कांग्रेसबाट जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेका उम्मेदवार मण्डल धनुषा १(२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित छन् भने कांग्रेसका उम्मेदवार राय सर्लाही २(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

मण्डलको प्रस्तावकमा माओवादी केन्द्रका संसदीय दलका नेता भरत साह, समर्थक एमालेका संसदीय दलका नेता सरोज यादव, जसपाका रामआशिष यादव, जनमतको संसदीय दलका नेता महेश यादव लोसपाकी रानीशर्मा तिवारी लगायतका रहेका छन् ।

त्यस्तै कांग्रेसका उम्मेदवार रायको प्रस्तावकमा कुमरकान्त झा र समर्थकमा जिवछी देवी यादव रहेका छन् ।

सभामुख पदका लागि माघ २ गते निर्वाचन हुनेछ ।