शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

एमाले मधेस प्रदेशको प्रमुख सचेतकमा दास लखन

जनकपुरधाम- नेकपा एमाले मधेस प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य लखन दासलाई नियुक्त गरिएको छ ।

दासलाई एमाले संसदीय दलका नेता सरोजकुमार यादवले शनिबार प्रमुख सचेतक नियुक्त गरेका हुन् । दास नेकपा एमालेबाट धनुषा क्षेत्र नम्बर–२ (१) प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

संसद्‍मा पार्टीको धारणा राख्न, कार्यव्यवस्था परामर्श समितिको बैठकमा भाग लिने लगायत महत्त्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने गरेको छ ।