स्वीजरल्याण्डले नेपाललाई १.२६ अर्ब सहयोग दिने

काठमाडौं । स्वीजरल्याण्ड सरकारले नेपाललाई मोटोरल लोकलः सडक पुल कार्यक्रमका लागि एक अर्ब २६ करोड रुपैँया बराबरको प्राविधिक सहयोग दिने भएको छ । उक्त सहयोग परिचालनका लागि आज सम्झौता भएको हो । सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र स्वीट्जरल्याण्ड सरकारका तर्फबाट नेपालका लागि राजदूत एलिजावेथ भान क्यापेलरले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा हस्ताक्षर अघि राजदूत क्यापेलरले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेकी थिइन् । उक्त भेटमा मन्त्री पौडेलले कोभिड–१९ ले सिर्जना गरेको चुनौती सामना गर्न विश्वव्यापी सहकार्य र एकताको आवश्यकता औंल्याउँदै दोस्रो लहरको प्रभाव रोक्न युरोपेली मुलुकहरुले चालेको कदमको प्रशंशा गरेका थिए । राजदूत क्यापेलरले नेपालमा पछिल्लो दशकमा महत्वपूर्ण परिवर्तनहरु संस्थागत भएको भन्दै नेपालको आर्थिक सामाजिक विकासका लागि स्वीस सरकारको साथ र सहयोग रहने बताइन् । उनले संघीयता कार्यान्वयनका लागि नेपालले प्राप्त गरेको सफलताको प्रशंशा गर्दै संघ, प्रदेश र स्थानीय तहसम्म विकास सहायता परिचालन गर्ने कार्यविधिहरुको निर्माण गरी स्पष्टता ल्याएको बारे चर्चा गरेकी थिइन् ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनियम दर

कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

ठूलोखोला जलविद्युत् आयोजनाको सुरु भयो परीक्षण उत्पादन

प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो, ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

कम गुणस्तरको पाँच हजार १७० किलोग्राम दाल आयातमा रोक

प्रादेशिक कार्यालयद्वारा २२ करोड ८८ लाखको किताब बिक्री

प्रतिक्रिया