सिटी, लिभरपुल र लेस्टर पराजित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी, लिभरपुल र लेस्टर पराजित भएका छन् । लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडसँग २-१ को पराजय भोग्यो । युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेज र मार्कस रासफोर्डले एक-एक गोल गरे । सिटीका लागि एकमात्र गोल ज्याक ग्रेलिसले गरे ।
जितसँगै युनाइटेडले १८ खेलबाट ३८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । सिटीको भने १८ खेलमा ३९ अंक छ । शीर्ष स्थानको आर्सनलले १७ खेलबाट ४४ अंक जोडेको छ ।
यता अर्को खेलमा लिभरपुलले भने ब्राइटनसँग ३-० को पराजय भोग्यो । ब्राइटनको जितमा सोली मार्चले दुई तथा ड्यानी वेलबेकले एक गोल गरे । जितसँगै ब्राइटन १८ खेलबाट ३० अंक जोड्दै सातौ स्थानमा उक्लिएको छ । यता १८ खेलबाट २८ अंक जोडेको लिभरपुल नवौं स्थानमा झरेको छ ।
त्यसैगरी, नटिङघम फरेस्टले लेस्टर सिटीलाई २-० गोलअन्तरले स्तब्ध पार्यो । फरेस्टको जितमा दुबै गोल ब्रेनन जोनसनले गरे । जितसँगै १९ खेलबाट २० अंक जोडेको फरेस्ट १३ औँ तथा हार भोगेको लेस्टर १७ अंकसहित १५ औँ स्थानमा रहेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया