बुटवलमा कथा लेख्न सिकाउने कार्यशाला सुरु
बुटबल-बुटवलमा कथा लेखन परम्परालाई समृद्ध बनाउने उद्देश्यले ३ दिने कथा लेखन कार्यशाला सुरु भएको छ । ‘घुम्ने किताब’ संस्थाको आयोजनामा बुटवलको होटल कस्तुरीमा कार्यशाला सुरु भएको हो ।
कार्यशालाका लागि १० दिन अगाडि आवेदन खुल्ला गरिएको र ३१ जना आवेदक मध्येबाट कार्यशालाका लागि १० जनालाई मात्र छनौट गरिएको घुम्ने किताबको संयोजक सरिता श्रीसले बताइन् । कार्यशालाको उद्घाटन गर्दै लेखक तथा अध्येता जंगबहादुर शाहले कार्यशालाले नयाँ कथाकार जन्माउने अपेक्षा व्यक्त गरे ।
कार्यशालाको पहिलो दिन सह–प्राध्यापक ऋषिराम भुषालले कथाको संरचना र सैद्धान्तिक विषयमा प्रशिक्षण दिए भने कथाकार रुद्र ज्ञवालीले कथा लेखनको अनुभव बताए । कार्यशालाको दोस्रो दिन कथाकार दिल साहनी र अन्तिम दिन आख्यानकार नयनराज पाण्डेको प्रशिक्षण रहने श्रीसले बताइन् । कार्यशालाको अन्तिम दिन माघ २ गते दिउँसो २ बजेदेखि नयनराज पाण्डेसँग खुल्ला अन्तर्क्रिया कार्यक्रम पनि आयोजना गरिएको आयोजकले बताएका छन् ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_UoTCEpeG0T_jpnjk8qhldsyzs4iszh0pom0diekly5wwykylrhkvsqkd96vcmcg5nrxy6m7.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया