आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

प्रधानमन्त्री र गृहमन्त्री पोखरा नजाने

फाइल तस्बिर

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा नजाने भएका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू र प्रधानमन्त्री प्रचण्ड जाँदा उद्दार कार्य प्रभावित हुन सक्ने भन्दै पोखरा नजाने जानकारी दिएका हुन् । 

काठमाडौँबाट लिनु पर्ने निर्णय र उद्धारलगायतका प्रतिकार्यमा कुनै कसर बाँकी नरहनेगरी जुटिरहेको उनले बताए । 

आइतबार बिहान यति एयरको विमानस्थल दुर्घटना भएपछि त्यसबारे थप बुझ्न प्रधानमन्त्री र गृहमन्त्री पोखरा जान लागेका थिए।