कोरोनाबाट कैलालीमा थप दुईको मृत्यु

कैलाली : कैलालीमा थप दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका-५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको गए राति १:०० बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए । रासस

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया