सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

चोभारमा कार दुर्घटना

काठमाडौं- काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित चोभारमा आज साँझ एक कार दुर्घटना भएको छ ।

चोभारबाट खोकनातर्फ जाँदै गरेको कार बा५च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले उद्धारका लागि अहिले प्रहरी वृत्त कीर्तिपुर र विपद् व्यवस्थापन सामाखुसीबाट टोली खटिएको बताए । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।