विमान दुर्घटना: मृत्यु भएका विदेशी र पहिचान नभएका शवहरु काठमाडौं ल्याइने

काठमाडाैं । आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका मध्ये विदेशी र पहिचान नभएका शवहरु मात्रै काठमाडौं ल्याइने भएको छ ।
पोखरामा आफन्त भएकाहरुको शव पहिचान गरि त्यही नै बुझाउने र अन्य शवहरु मात्रै काठमाडौं ल्याइने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । शव परीक्षणका लागि पोखराबाट काठमाडौं शव ल्याउँदा समय लाग्ने भएकाले शिक्षण अस्पतालका दुई फरेन्सिक विशेषज्ञलाई पोखरामा नै पठाइएको ठाकुरले बताए । दुर्घटनापछि भ्याइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर फेला परिसकेको र छानविन कमिटीलाई उपलव्ध गराउने उनले बताए ।
उनले सोमबार पनि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी लगाएतका उद्धारकर्ता खटिएको जानकारी दिए । दुर्घटनापछि हालसम्म फेला परेका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखि आवश्यक परीक्षण भइरहेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया