विद्युत चोरी उद्योग सञ्चालन, सोधखोजमा गएका कर्मचारीमाथि उल्टै कुटपिट

बुटवल : कपिलवस्तुको एक ईटा उधोगका सञ्चालकले विद्युत् हुकिङ गरी (चोरी) मोटर चलाएको देखेपछि सोधपुछ गरिरहेका कर्मचारीलाई उल्टै कुटपिट गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका-८ पटपरमा चुहावट नियन्त्रणका लागि गएका विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रका कर्मचारीमाथि शुक्रबार कुटपिट भएको हो ।
पटपरमा रहेको मनकामना इटा उद्योगका सञ्चालकले कर्मचारीलाई कुटपिट गरेका हुन । मनकामना इटा उद्योगले २ लाख १९ हजार भन्दा बढी विद्युत महसुल भुक्तान गर्न बाँकी रहेकोले लाइन काटिएको थोयो । इट्टा उद्योगले लाइन काटिएपछि चोरेर विद्युत प्रयोग गर्दै आएको आवस्थामा विद्युत कर्मचारी पुगेपछि कुटपिट भएको हो ।
इटा उद्योगले विद्युत चोरी गरी मोटर चलाउदै आएको विद्युत कर्मचारीहरूले देखेपछि उक्त मोटर ल्याउन लाग्दा इटा सन्चालकले कर्मचारीलाई कुटपिट गरेका हुन । इटा मालिक सुशील कुमार शुक्ला, आनन्द कुमार शुक्ला र उनका भाई, भतिजहरूले कर्मचारीहरूलाई कुटपिट गरेको विद्युत प्राधिकरणले जनाएको छ । विद्युत कर्मचारीहरू कोशलराज चौधरी, भुपेन्द्र चौधरी, उमेश कुमार शाह, सरोज थारु र मथुरा प्रसाद चौधरीलाई कुटपिट गरिएको विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख कमर आलम खानले जानकारी दिए ।
विद्युत कार्यलयका कर्मचारीहरूलाई चोरी कार्यमै सम्लग्न उधोगका संचालकले कुटपिट गरेपछि कर्मचारीहरू कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रका कर्मचारीलाई कुटपिट गर्नेलाई कारबाही गर्नुपर्ने माग उनीहरूको छ।
विद्युत कर्मचारीमाथि हातपात गर्ने शुक्लालाई कारबाही गर्न माग गरिएको खानले बताए । इटा उद्योग सन्चालकको कुटपिटबाट सरोज थारु र मथुरा प्रसाद चौधरीको कान र मुखमा चोट लागेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, नेपाल विद्युत प्राधिकरण प्रादेशिक वितरण कार्यालय बुटवल र वडा प्रहरी कार्यालय चन्द्रौटालाई पत्र लेख्दै कुटपिट गर्नेलाई कारबाहीको माग गरेको कृष्णनगर वितरण केन्द्रका प्रमुख कमर आलम खानले जानकारी दिए ।
कुटपिट गर्ने मध्ये दुई जना पक्राउ परेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । पक्राउ पर्नेहरूमा शिवराज नगरपालिका ८ पटपरका सुशील कुमार शुक्ला र आनन्द कुमार शुक्ला रहेका छन् । उनीहरूमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

कुटपिटबाट घाइते गिरीको मृत्यु

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

प्रतिक्रिया