बुटवलमा दुई संक्रमितको मृत्यु

बुटवल : कोरोना विशेष अस्पताल बुटवलमा थप २ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । उपचाररत नवलपरासी र रुपन्देहीका २ जना संक्रमितको बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले बताए ।
नवलपरासी रामग्रामकी ४५ वर्षीया महिलाको बिहान ४ बजे उपचारका क्रममा मृत्यु भएको छ भने रुपन्देही शुद्धोधन-५ का ५५ वर्षीय पुरुषको आज बिहान ५:४५ बजे मृत्यु भएको हो । रामग्राम १० की महिला संक्रमण पुष्टि भएपछि हिजो मात्र अस्पताल भर्ना भएकी थिइन् भने शुद्धोधनका पुरुषको १३ गते संक्रमण पुष्टि भए पनि १६ गते अस्पताल भर्ना भएका थिए ।
दुवैमा श्वासप्रश्वासमा समस्या देखिएको डा. गौतमले बताए। योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९२ पुगेको छ। रुपन्देहीमा सक्रीय संक्रमितको संख्या ३ हजार नजिक पुगेको छ।
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

कुटपिटबाट घाइते गिरीको मृत्यु

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

प्रतिक्रिया