शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

मन्त्री हुने भएपछि लिङ्देन भन्छन्- अग्‍नि परीक्षामा होमिने निर्णयमा पुगेँ, असम्भव जस्तो लागे पनि खरो उत्रनेछु

फाइल तस्बिर

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागी भएर अग्नि परीक्षामा होमिने निर्णयमा पुगेको टिप्पणी गरेका छन् । उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएपछि अध्यक्ष लिङ्देनले असम्भव जस्तो लागे पनि खरो उत्रने प्रतिवद्धता जनाएका छन् ।

उनले धैर्यता र सहयोगका लागि समेत अपिल गरेका छन् । 'आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिबीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो,' उनले भनेका छन्, 'प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु ! धैर्यता र सहयोगका लागि अपिल गर्दछु !!'