राप्रपाका तीन मन्त्री : ठेकेदार पाण्डेलाई सहरी विकास मन्त्रालय

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मन्त्रीहरूको नाम टुंगो लगाएको छ । तीन मन्त्रालय पाएको राप्रपाले आज बिहान मन्त्रीहरूको नाम टुंगो लगाएको हो ।
उपप्रधानसहित ऊर्जामन्त्रीमा राजेन्द्र लिङ्देन, कानुनमन्त्रीमा ध्रुबबहादुर प्रधान र सहरी विकासमा विक्रम पाण्डेको नाम टुंग्याएको हो ।
ठेकेदार पाण्डेलाई सहरी विकास मन्त्रालय
राप्रपाबाट सहरी विकास मन्त्री हुन् लागेका पाण्डे ठेक्कापट्टाको काम गर्छन् । कालिका कन्स्ट्रक्सनका सञ्चालक पाण्डेले भौतिक पूर्वाधार मन्त्रीमा दाबी गरेका थिए । तर सत्तागठबन्धनमा उनले सहरी विकास मन्त्रालय पाएका छन् । सहरी विकास मन्त्रालय पनि विकासे मन्त्रालय हो । पाण्डेको कालिका कन्स्ट्रक्सनले थुप्रै जिल्लामा सहरी विकास मन्त्रालयअन्तर्गतको विकासे योजना हात पारेको छ । अब मन्त्री र ठेक्का दुवै एकै व्यक्ति हुने अवस्था आएको छ ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । लामिछाने नागरिक र राहदानी विवादमा तानिएका छन् । आफूविरुद्ध परेको मुद्दा प्रभावित गर्नकै लागि लामिछाने गृहमन्त्री बनेको आरोप लागेको छ । पाण्डे पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी सहरी विकास मन्त्री बन्न लागेका छन् ।
सिक्टा सिचाइ परियोजनाको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्धा लगाएका पाण्डेलाई विशेष अदालतले सफाइ दिएको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया