आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

नयाँ मन्त्रीहरूले लिए शपथ

काठमाडौँ- नयाँ मन्त्रीहरूले शपथ लिएका छन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरूलाई शितल निवासमा शपथ खुवाएकी हुन् ।

नेकपा एमालेबाट रक्षामन्त्री हरि उप्रेती, परराष्ट्र विमला राई पौडेल, स्वास्थ्य मन्त्रीमा पदम गिरी, महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्री भएका रुपमा शपथ खाएका छन् ।

नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चार, सुदन किराती पर्यटन, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन, सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा शपथ ग्रहण गरेका छन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षामन्त्री, डिपी अर्याल श्रम मन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्रीको शपथ खाएका छन् ।


राप्रपाबाट उपप्रधानसहित  राजेन्द्र लिङ्देन ऊर्जा, जलस्रोत र सिँचाइ,  ध्रुबबहादुर प्रधान कानून, बिक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्रीको रुपमा शपथ खाएका छन् ।