डेढ महिनादेखि युकेमा बेपत्ता नेपाली युवकको शव फेला

लण्डन- बेलायतमा डिसेम्बर १ देखि हराइरहेका नेपाली युवा किरण पुनको शव प्रहरीले फेला पारेको जनाएको छ । बेलायतको ह्याम्पसायर प्रहरीले सोमबार दिएको जानकारी अनुसार ३६ वर्षीय पुनको शव ब्रिक फिल्ड्स कन्ट्री पार्क अल्डरसटमा आइतबार करिब दिउँसो ३ आसपासमा फेला परेको थियो ।
डिसेम्बर १ तारिख साँझ ७ः३८ बजे अल्ट्रासटको इन्टपार्क सडकमा अन्तिम पटक देखिएको र त्यसपछि बेपत्ता भएका पुनको खोजीमा बेलायत प्रहरीले डेढ महिना बिताएको उल्लेख गरेको छ । ह्याम्पसायरस्थित जघन्य अपराध शाखाका प्रमुख आडम इडवार्डसले किरणलाई के भएको थियो भन्नेबारे बुझ्न र उनको परिवारलाई यो दुःखद क्षणबारे जवाफ दिन प्रहरी प्रशासनले मेहनत गरिरहेको बताए ।
प्रहरी औपचारिक रूपमा शव किरणको भए नभएको पहिचान हुन बाँकी भए पनि किरणकै हुनसक्ने अनुमान गरेको छ । प्रहरीले परिवारलाई यसबारेमा जानकारी दिएको बताएको छ । परिवारलाई प्रहरीका विशेष दक्षता भएका अधिकृतले सहयोग गरिरहेको बताइएको छ ।
पुन हराएपछि अनुसन्धानका क्रममा ह्याम्पसायर प्रहरीले पाँच जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । प्रहरीले धटना स्थलका वरिपरीका धरमा आफ्नो टीम पठाएर धटनाबारे स्थानीयसँग कुनै प्रमाण वा अन्य कुनै जानकारी भए लिने पनि ह्याम्पसायर प्रहरीले बताएको छ । यसका साथै घटनाबारे कोही कसैलाई केही जानकारी भए प्रहरीको आपत्कालीन सेवामा सञ्चालित १०१ मा फोन गरी बताइदिन अनुरोध पनि गरेको छ । रासस

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

अष्ट्रेलिया नेपाली कम्युनिटीको (अर्बन) अध्यक्षमा इटहरीका अरूणचन्द्र श्रेष्ठ निर्वाच…

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु

एनआरएनएको एकता महाधिवेशनका लागि निर्वाचन समिति गठन

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घ…

प्रतिक्रिया