कांग्रेसबाट सभामुखमा इश्वरी न्यौपानेको उम्मेदवारी

काठमाडौँ–कांग्रेसबाट सभामुखमा इश्वरी न्यौपानेले उम्मेदवारी दिएकी छिन् । बुधबार ४ बजेसम्म उम्मेदवारीले दर्ता गराउनुपर्ने थियो । साेहीअनुसार न्याैपानेले संघीय संसद सचिवालयमा उम्मेदवारी दिएकी हुन् ।
कांग्रेसमा उम्मेदवारी दिने/नदिने लामो छलफल पछि अन्तिम समयमा न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
न्यौपानेको उम्मेदवारीको प्रस्तावकमा महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् ।
यसअघि एमालेबाट देवराजले घिमिरेकाे उम्मेदवारी दर्ता गराइसकेका छन् । कांग्रेसले एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसँग छलफल गरेर सभामुखमा न्यौपानेलाई उम्मेदवारी दिन लगाउने निर्णय गरेको हो ।

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया