किरातीको अनुरोधः खादा, माला फूलको सट्टामा दुर्गम क्षेत्रमा विकासका लागि सहयोग गरिदिनू

काठमाडौँ- सुदन किराती पहिलो पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बने । हिजै राष्ट्रपतिबाट शपथ खाएपछि उनले मन्त्रालयमा आफ्नो कार्यभार पनि सम्हालेका छन् ।
किरातीको कार्यालयमा यतिखेरअनौठौ दृश्य देख्न सकिन्छ । उनले पहिलोपटक मन्त्री बनेपछि फरक अनुभूति दिलाउन पनि यस्तो कार्य थालेको हुन सक्ने सहजै अनुमान लगाउन सकिन्छ ।
किरातीको कार्यालय वा आफू बस्ने टेबल अगाडि एउटा सिसाको बक्स राखिएको छ । जसमा लेखिएको छ,’ खादा, माला फूलको सट्टामा दुर्गम क्षेत्रमा विकासको लागि सहयोग गरिदिन अनुरोध छ ।‘
उनले आफूलाई भेटेर शुभकामना र बधाई दिन आउनेलाई अनौठो प्रस्ताव गरेका हुन् । मन्त्री भएसँगै उनले नयाँ कामको सुरुवाती गरेका छन् ।
उनले आफूलाई भेट्न आउनेलाई अनुरोध मात्र गरेका छैनन् । बधाई र फूल दिनुभन्दा दुर्गमको विकासमा योगदान पुर्याउन संकेत गरेका हुन् ।
मन्त्री भएपछि फूलमाला ल्याउनेहरूको कमी होस र काम गर्न सहज होस भनेर पनि उनले यस्तो गरेको मान्न सकिन्छ ।
भोजपुरबाट निर्वाचित सांसद किराती पहिलोपटक मन्त्री बनेका हुन् । प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका हुन् । उनी हालसम्म तीन पटक निर्वाचित भइसकेका छन् ।

बजेट व्यावहारिक र कार्यान्वयनमुखी हुनुपर्छ: सांसदहरु

केही दिनभित्रै गभर्नरको नियुक्ति हुन्छ : सञ्चारमन्त्री गुरुङ

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल

चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस

मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखियो: मन्त्री पौडेल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

प्रतिक्रिया