प्रतिनिधि सभा सभामुखको निर्वाचन आज

काठमाडौँ – प्रतिनिधिले आज नयाँ सभामुख पाउँदै छ । सभामुखको निर्वाचन बिहान ११ बजे हुँदैछ।
प्रतिनिधि सभा सभामुखका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का देवराज घिमिरे र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका इश्वरी न्यौपानेले मनोनय दर्ता गराएका छन् ।
सत्ता गठबन्धनबाट मनोनयन दर्ता गराएका घिमिरेको नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ प्रस्तावक र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक छन् । घिमिरे पहिलो पटक झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
कांग्रेसका तर्फबाट मनोनयन दर्ता गराएकी इश्वरीदेवी न्यौपानेको प्रस्तावक नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा र नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला समर्थकरहेका छन्। उनी समानुपातिकबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् ।
संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ पुसमा बसेको थियो ।

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया