सुदूरपश्चिममा कोभिड-१९ सँगै औलोको जोखिम

डोटी : पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा औलो रोगको जोखिम बढ्दै गएको पाइएको छ । औलो रोग नियन्त्रणका लागि सरकारी क्षेत्रबाट प्रयास जारी रहे पनि यहाँका जिल्लामा अझै औलो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मी बताउँछन् । यस प्रदेशमा आयातित औलोका बिरामी सबैभन्दा बढी पाइएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरका निर्देशक डा.गुणराज अवस्थीले यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटीमा औलोको जोखिम बढेको हो । उनका अनुसार छ जिल्लामा मात्रै १८६ जनामा औलो रोग देखापरेको छ । औलोका बिरामी सबैभन्दा बढी कैलालीमा फेला परेका छन् । चालू आवमा कैलालीमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा नौ र डोटीमा सात औलो रोगी फेला परेका हुन् ।
जिल्लामा स्थानीयभन्दा पनि आयातित औलोका बिरामी बढेको निर्देशनालयको तथ्याङ्क छ । चालू आवमा ११५ आयातित औलोका बिरामी रहेको बताइएको छ । प्रदेशमा आव २०७६/७७ मा ३२० औलोका बिरामी थिए । त्यसमध्ये २५५ आयातित र ६५ स्थानीय औलोका बिरामी थिए । प्रदेशमा आयातित औलोका सबैभन्दा बढी बिरामी कैलालीमा पाइएका छन् । यहाँका जिल्लामा आयातित औलोका बिरामीको सङ्ख्या भने क्रमिक रुपमा कम हुँदै गएको बताइएको छ ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया