कोभिड-१९ महामारीमा कालोबजारी

सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार क्षेत्रमा अनुगमन गरेको छ । बुधबारदेखि सुर्खेतमा जारी गरिएको निषेधाज्ञामा हुनसक्ने कालोबजारी रोक्नको लागि शनिबार बजार क्षेत्रमा अनुगमन गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अगुवाईमा मेडिकल, खाद्यान्न पसल, तरकारी पसल, सब्जी मण्डीलगायत अन्य पसलहरुको अनुगमन गरिएको छ । निषेधाज्ञाको बेलामा बजारमा कालोबजारी हुने, कृतिम अभाव सिर्जना गरी उपभोक्ताहरुलाई मर्कामा पार्ने काम हुने भएकोले अनुगमन गरिएको सहायक प्रजिअ महतले बताए ।
महतले मेडिकलहरुमा मास्क सेनिटाइजरको प्रयोग, बिक्री दरलगायतको वारेमा जानकारी लिइएको बताए । यस्तै शनिवार विहान वीरेन्द्रनगरका १३ वटा दैनिक उपभोग्य बस्तुका पसल तथा तरकारी मण्डीहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा विशेषगरी तेल, पिठोको मूल्य बृद्धि भएको पाइएको सहायक प्रजिअ महतले बताए ।
कुनै व्यापारीले अस्वभाविक मूल्य बृद्धि गराएको पाइए कारबाही गरिने उनले बताएका छन् । अनुगमनका क्रममा महतले व्यापारीहरुलाई स्वास्थ्यका मापदण्ड अपनाएर तोकिएको समयभित्र सामानहरु बिक्री गर्न सुझाव दिएका छन् । यस्तै उनले तरकारी मण्डी तथा खाद्य पसल व्यापारीहरुलाई दैनि करुपमा उपभोग्य बस्तु तथा तरकारीहरुको मूल्य सूचीको प्रतिलिपि जिल्ला प्रशासनमा बुझाउन पनि निर्देशन दिएका छन् ।
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_OKmBPHX56j_omdjqsgyuxbjthxhi1hyjz2hmxowpwrudbevggr9q2z7z2rlel590pfninoh.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

गाउँपालिकाका उपाध्यक्षद्वारा मदिरा सेवन गरेर कार्यालय तोडफोड

शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि कर्णालीमा गोदाममै पाठ्यपुस्तक

प्रतिक्रिया