मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

मधेसी र थारु समुदायलाई भित्तामा धकेलेर कस्तो राष्ट्रिय सहमति चाहनुहुन्छ ?

फाइल तस्बिर

काठमाडौँ - जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले पदका लागि नभइ देशलाई संकट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पदका लागि नभइ देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको बताएका हुन् । 

उनले राष्ट्रिय सहमति के का लागि हो भन्दै सदनमा प्रश्नसमेत गरे । मधेसवादी दलहरूदलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो भन्दै उनले प्रश्नसमेत गरे । अनुहार, जाति र समुदाय भन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्न उनले आग्रह गरे। ‘सभामुखको निर्वाचनको रुपमा विभिन्न दलबाट उम्मेदवार आउनुभएको छ । राष्ट्रिय सहमतिको लागि कुरा आए,' उनले भने, 'यो केका लागि ? पदको लागि मात्रै हो की ? देश संकटको लागि पनि राष्ट्रिय सहमतिको कुरा गर्न मिल्दैन । पदको लागि मात्रै किन कुरा ? दल भन्दा माथिको कुरा गरिन्छ । कस्तो खालको राष्ट्रिय सहमति हो ? मधेसी र थारु समुदायलाई भित्तामा धकेलेर खोज्नुभएको हो । हामी दल भन्दा माथि उठ्छौँ तर तपाईहरू एउटा अनुहार, जातिको मुखौटो भन्दा माथि उठ्न सक्नुहुन्छ कि हुँदैन ? त्यो ठूलो कुरा हो ।’

सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरूलाई सम्मान गर्न संसद्‍मा १ मिनेट मौनधारण गर्न आग्रह गरेका थिए । जसमा संसदमा उपस्थित अधिकांश दल र सांसदहरूले १ मिनेट उठेर मौन धारण गरेका थिए ।