मोटरसाइकल र कार ठोक्किँदा शुक्लाको मृत्यु

मकवानपुर : हेटौँडा उपमहानगरपालिका-९ मा आज दिउँसो सवारी दुर्घटना बारा महागढीमाई नगरपालिका-४ का ३५ वर्षीय सञ्जयकुमार शुक्लाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका-९ पशुपतिनगरमा ना ३८ प ९३५३ नम्बरको मोटरसाइकल र बा ८ च २९५३ नंको कार एकापसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल शुक्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठौरले जानकारी दिए ।
प्रहरी उपरीक्षक राठौरका अनुसार मोटरसाइकलमा सवार नवलपरासीका ३३ वर्षीया ज्योति अर्याल घाइते भएकी छन् । घाइते अर्यालको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया