अक्सिजन नपाएर दुई शिक्षकको मृत्यु

धनगढी : अक्सिजन नपाएर कञ्चनपुरका दुई शिक्षकले ज्यान गुमाएका छन् । कोभिड-१९ संक्रमण पुष्टि भएका कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका–७ बाबाथान स्थित लक्ष्मी माविका प्रध्यानाध्यापक र भृकुटी माविकी शिक्षिकाको ज्यान गएको हो ।
सामान्य रुघाखोकीसँगै श्वासप्रश्वासमा समस्या भएपछि लक्ष्मी माविका प्रध्यानाध्यापक १६ गते महाकाली अस्पतालमा भर्ना भएका थिए । दोस्रो दिन १७ गते कोभिड पुष्टि भएको थियो । थप उपचारको लागि डडेल्धुरा लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । अक्सिजन नभएको एम्बुलेन्समा उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।
यस्तै कोभिड पुष्टि भएकी कञ्चनपुरको भृकुटी माविकी शिक्षिकाको पनि अक्सिजन अभावका कारण मृत्यु भएको छ । तीन दिनअघि स्वास्थ्यमा समस्या भएपछि कोभिड परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो । कञ्चनपुरमा हालसम्म कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि १२ जना संक्रमितको मृत्यु भइसकेको छ ।

नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

प्रतिक्रिया