बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जनकपुरधाम : सर्लाहीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको गोडैता नगरपालिका-५ रामबर अगाडि गडहियाबाट हरकठवा तर्फ जँदै गरेको ना ४ ख १०८९ नम्बरको बसले सोही तर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
सो दुर्घटनामा रौतहटको गढीमाई नगरपालिका वडा-८ का करिब २६ वर्षीय जयचन्द्र साहको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार रहेका अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया