शाहरुखको ‘पठान’ हिट हुनसक्ने यी पाँच कारण

मुम्बई -अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ हालका दिनमा चर्चाको विषय बनेको छ । जब यो फिल्मको टिजर रिलिज भयो, त्यो समयदेखि नै फ्यानका लागि फिल्म प्रतीक्षाको विषय बनेको छ ।
फिल्मको पहिलो गीत ‘बेशरम रंग’ रिलिज हुनासाथ गीत र दीपिका पादुकोणको गेरु बिकिनी लुकले विवाद र चर्चामा ल्यायो । गीतले अश्लीलतालाई प्राथमिकता दिएकोसम्म आरोप लाग्यो । यो फिल्म २५ जनवरीमा रिलिज हुँदैछ । यहाँ फिल्मका पाँच किस्सा प्रस्तुत छ, जसलाई फिल्म सुपरहिट हुने आधार मानिएको छ ।
शाहरुख खानको लुक्स
फिल्ममा शाहरुखको लुक्स निकै अलग रूपमा देखाइएको छ । उनी लामो कपालमा निकै ‘कुल’ देखिएका छन् । यो फिल्मकै लागि शाहरुखले कैयौं महिनासम्म कपाल नै काटेका थिएनन् ।
कलाकारलाई तालिम
फिल्मका लागि बलिउड कलाकारलाई निकै कडा तालिम दिइएको थियो । फिल्मका लागि उनीहरूले हिउँमा बाइक चलाउने र कुदिरहेको रेलमाथि हिँड्ने जस्ता तालिम दिइएको थियो । उनीहरुले कडा मेहनत गरेर लिएको तालिमलाई सुटिङमा पनि त्यसरी नै पूरा गरेका थिए ।
दीपिका पादुकोणको एक्सन
फिल्ममा दर्शकले अभिनेत्री दीपिका पादुकोणको दमदार एक्सन हेर्न पाउँछन् । फिल्ममा शाहरुखको भन्दा बढी एक्सन दीपिकाको रहेको बताइएको छ ।
प्रि–प्रोडक्सन
फिल्मको प्रि–प्रोडक्सनमा निकै समय लागेको थियो । अर्थात झन्डै दुई वर्ष निर्माण युनिटले प्री प्रोडक्सनमै समय बितायो । यसका लागि उनीहरूले विश्वभरका विभिन्न स्थानको चक्कर काटे ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया