आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

विश्वकप विजेता अर्जेन्टिनाले बंगलादेशमा मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौँ- फिफा विश्वकप २०२२ फुटबलको उपाधि जितेको अर्जेन्टिनाले बंगलादेशमा मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । अर्जेन्टिनाले आगामी जुनमा मैत्रीपूर्ण फुटबल खेल्ने बंगलादेश फुटबल फेडेरेसनलाई उदृत गर्दै खेलनाउ डटकमले जनाएको छ ।

बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष काजी सलाहुदिनले दिएको जानकारीअनुसार अर्जेन्टिनाको फुटबल टिम आगामी जुनमा बंगलादेशमा मैत्रीपूर्ण फुटबलका लागि आउने तथा खेल राजधानी ढाकामा रहेको बंगबन्धु स्टेडियमा हुनेछ ।

उनकाअनुसार अर्जेन्टिनाले आफूले खेल्न चाहेको देशको सूची दिने तथा बंगलादेशले त्यसमध्ये एकलाई छनोट गर्नेछ ।

यसअघि सन् २०११ मा अर्जेन्टिनाले बंगलादेशमा नाइजेरियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेल अर्जेन्टिनाले ३-१ ले जितेको थियो ।