प्रतिनिधिसभालाई व्यवस्थित र मर्यादित बनाउने छु : सभामुख घिमिरे

काठमाडौँ- प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधिसभालाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताएका छन् ।
शुक्रबार सभामुखको पद तथा गोपनीयताकाे शपथग्रहणपछि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा कार्यभार सम्हाल्दै नवनिर्वाचित सभामुख घिमिरेले संसद्लाई बढीभन्दा बढी व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताएका हुन् । उनले संसद्लाई अझ बढी क्रियाशील बनाउन पनि प्रयत्न गर्ने उल्लेख गरे ।
संसद्लाई प्रभावकारी ढंगले अगाडि बढाउने उनकाे भनाइ छ ।
सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया र अभ्याससम्बन्धी एक कार्यक्रम गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरे ।

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

प्रतिक्रिया