मछिन्द्रले एन्फालाई फिर्ता गर्यो लिगको उपाधि ट्रफी

काठमाडौँ- साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक 'ए' डिभिजन लिगको उपाधि ट्रफी फिर्ता गरेको छ । मछिन्द्रले शुक्रबार उपाधि ट्रफी फिर्ता गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
मछिन्द्रका सहायक व्यवस्थापक शिरिष श्रेष्ठले एन्फाका महासचिव किरण राईलाई उपाधि ट्रफी हस्तान्तरण गरेका हुन् । विजेताले अर्को लिग सुरु नहुन्जेलसम्म ट्रफी आफैसँग राख्ने चलन रहेको छ । साथै लगातार तीन पटक लिग जित्ने टिमलाई एन्फाले ट्रफी 'रेप्लिका' बनाएर दिने चलन पनि रहेको छ ।
फागुन १९ गतेबाट सुरु हुने नयाँ सिजनको ‘ए’ डिभिजन लिगअघि मछिन्द्रले ट्रफी फिर्ता गरेको हो । यस सिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुने एन्फाले जनाएको छ ।
लिग विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउनेछन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया