सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

इलामको एक जंगलमा एक पुरुषको शव फेला

बिर्तामोड- इलामको माई नगरपालिका स्थित मैनाचुली सामुदायिक बनको जंगलमा बेवारिसे अवस्थामा शव फेला परेको छ । 

दाउरा लिन गएका स्थानीयले बिहीबार दिउँसो शव देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

अधवैंशे उमेरका ती व्याक्तिको शवको पहिचान भएको छैन । प्रहरी निरीक्षक  खड्काका अनुसार ती व्यक्तिको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को पानी ट्यांकीदेखि २ किलोमिटर उत्तर जंगलको खोल्सामा शव फेला परेको हो ।