प्रधानमन्त्री दाहालसँग यूएई र कतारका राजदूतको शिष्टाचार भेट

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अरब इमिरेट्स(यूएई) र कतारका राजदूतले आज छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री दाहाल र यूएईका राजदूत अब्दुल्ला सईद मुवारक जरवान अल्सामीबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै, प्रधानमन्त्री दाहाल र कतारी राजदूत युसुफ वीन मोहम्मद अल हेलबीच पनि दुई देशको सम्बन्ध, आसपी हित र चासोका विषयमा कुराकानी भएको थियो ।
यूएई र कतारका राजदूतले नेपालको प्रधानमन्त्रीमा नियुक्त हुन भएका प्रधानमन्त्री दाहाललाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया