सालको काठसहित एक जना पक्राउ

महोत्तरी- प्रहरीले अवैध सालको काठ बरामद गरेको छ । शुक्रबार महोत्तरीको बर्दिबासस्थित वडा न.१४ को भित्रि सडकबाट ट्याक्टरमा लोड गरेर लैजाँदै गरेको ७९.१ क्युफिट सालको काठ बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरिडाडाबाट खटिएको प्रहरीले २-०३-००१ त १११३ नम्बरको ट्याक्टरमा लोड गरेको काठसहित उक्त ट्याक्टरका चालकलाई पनि पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वडा न.१४ का नै २३ वर्षीय विशाल मगर छन् । उनलाई पक्राउ गरि थप अनुसन्धानको लागि सव डिभिजन कार्यालय माइस्थान पठाइएको इलाका प्रहरी कार्यालय गौरिडाँडाले जनाएको छ ।

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया