उपसभामुखका लागि आज मतदान हुँदै

काठमाडौँ- प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज मतदान हुँदैछ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा उपसभामुखको मतदान हुनेछ ।
उपसभामुख पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
सत्तारूढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छन् । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन छन् ।
यस्तै नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे प्रस्तावक र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन् ।
सभामुखमा एमालेका देवराज घिमिरे यसअघि नै निर्वाचित भइसकेका छन् ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया