लिग लिडर आर्सनलले भित्र्यायो ट्रोसार्डलाई

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको आर्सनलले बेल्जियमका स्ट्राइकर लियान्द्रो ट्रोसार्डलाई भित्र्याएको छ । आर्सनलले ट्रोसार्डलाई प्रिमियर लिग क्लब ब्राइटनबाट २१ मिलियन पाउन्डमा भित्र्याएको बीबीसीले जनाएको छ ।
२८ वर्षीय ट्रोसार्डले सन् २०२७ सम्मका लागि आर्सनलसँग सम्झौता गरेका हुन् । यस सिजनमा ट्रोसार्डले ब्राइटनका लागि १६ खेलमा सात गोल गरेका छन् ।
आर्सनलले उनलाई आइतबार म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा मैदानमा उतार्ने तयारी गरेको छ ।
लिगमा शीर्ष स्थानमा रहेको आर्सनलले १८ खेलबाट ४७ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीले १९ खेलबाट ४२ अंक हात पारेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया