सभामुख र उपभसामुख पदीय मर्यादाबाट विचलित हुनु हुँदैन : सांसद श्रेष्ठ

काठमाडौँ- नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपभसामुखले पदीय मर्यादाबाट विचलित भएर काम गर्न नहुने बताएका छन् ।
शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विगतमा पदीय मर्यादाबाट विचलित भएर पार्टीगत रूपमा सभामुखहरूले काम गरेको भन्दै अहिलेका सभामुखले पदीय मर्यादाभन्दा माथि उठेर संसद्को काम कारबाहीलाई चुस्त बनाउनुपर्नेमा जोड दिएका हुन् । उनले विगतमा सभामुखबाट दल फुटाउने भूमिका खेलेको भन्दै अबको सभामुखबाट कुनै पनि त्यस्तो अपेक्षा नरहेको र गर्नुहुन्न भन्ने विश्वास रहेको बताए ।
उनले सभामुख र उपसभामुखले संसदमा एउटा रेफ्रीको भूमिका निभाइ निष्पक्ष र स्वतन्त्र रूपमा सदन सञ्चालन गर्नुपर्ने उल्लेख गरे ।
सांसद श्रेष्ठले सत्ता गठबन्धनबाट उपसभामुख पदकी साझा उम्मेदवार इन्दिरा रानामगरलाई उपसभामुखमा जिताउन पनि आग्रह गरे ।

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

प्रतिक्रिया