मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

नेता भनेको ठूलो कद भएको मान्छे हुन्छ भन्ने भाष्य नहराउँदै म आए : सोविता गौतम

फाइल तस्बिर

काठमाडौं- स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले आफ्नो राजनीतिक प्रवेशलाई इतिहासको पानी ढलो भनेर संज्ञा दिएकी छिन् । 

प्रतिनिधिसभाको उपसभामुखका लागि भइरहेको निर्वाचनलाई सम्बाेधन गर्दै नेता भनेको ठूलो कद भएको मानिस हुनुपर्छ भन्ने भाष्य समाजबाट नहराउँदै एक २७ वर्षे युवामाथि भरोसा गरेर मेरा मतदाताहरूले आफ्ना सपानाहरू सुम्पेको क्षणका रूपमा आफूलाई गर्व गरेको समेत बताएकी छिन् ।