बजारमा आयाे प्रकाशकाे 'जङ्क्सन पिपलबाेट'

काठमाडौँ- कवि तथा लेखक प्रकाश गुरागाईंको गैरआख्यान पुस्तक ‘जङ्क्सन पिपलबोट’ सार्वजनिक भएको छ । शनिबार थापागाउँस्थित मण्डला थिएटरमा गुरागाईंको यो पहिलो गैरआख्यान सार्वजनिक भएको हाे ।
यसअघि कविता संग्रह ‘खुट्टामा श्रीपेच’ प्रकाशित गरेका गुरागाईंकाे ‘जङ्क्सन पिपलबोट’लाई कविद्वय पुरुषोत्तम सुवेदी र लक्ष्मी माली तथा मानवशास्त्री सुरेश ढकालले लोकार्पण गरेका थिए ।
कार्यक्रममा बोल्दै टिप्पणीकारहरूले ‘जङ्क्सन पिपलबोट’ नयाँ सडकको इतिहासको महत्वपूर्ण दस्तावेज भएको बताएका थिए । उनीहरूले इतिहासलाई खोजेर पुस्तकका रूप दिन गरेको मेहनतका लागि लेखकलाई धन्यवाद समेत दिएका थिए ।
लेखक गुरागाईंले चार वर्षको मेहनतपछि पुस्तक तयार भएको जानकारी दिँदै वक्ताले औंल्याएका पुस्तकका कमीकमजोरी आगामी संस्करणमा सच्याउने प्रतिबद्धता पनि गरेका छन् ।
१६ शीर्षकमा छुट्टाछुट्टै आलेख समाविष्ट रहेकाे पुस्तक ‘जङ्क्सन पिपलबोट’ ३१६ पृष्ठको रहेकाे छ । फिनिक्स बुक्सले पुस्तक प्रकाशन गरेको छ । पुस्तककाे मूल्य ४५० रुपैयाँ ताेकिएकाे छ ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_UoTCEpeG0T_jpnjk8qhldsyzs4iszh0pom0diekly5wwykylrhkvsqkd96vcmcg5nrxy6m7.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया