प्रिमियर लिगः न्यूकासल, लिभरपुल र चेल्सीले अंक बाँडे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत न्यूकासल युनाइटेडले क्रिस्टल प्यालेससँग अंक बाँडेको छ । शनिबार राति भएको खेलमा न्यूकासलले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
यससँगै न्यूकासलले कीर्तिमानी १५ खेलमा अपराजित रहेको छ । बराबरीसँगै २० खेलबाट ३९ अंक जोडेको न्यूकासल तेस्रो स्थानमा उक्लिएको छ । यता २० खेलबाट २४ अंक जोडेको क्रिस्टल प्यालेस १२ औँ स्थानमा छ ।
त्यसैगरी, शनिबार राति नै लिभरपुल र चेल्सीले पनि गोलरहित बराबरी खेलेका छन् । बराबरीसँगै १९ खेलबाट २९ अंक जोडेको लिभरपुल आठौ स्थानमा उक्लिदा २० खेलबाट २९ अंक जोडेको चेल्सी भने १० औँ स्थानमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया