भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुल्ला गरिने

काठमाडौं : यस वर्ष पनि भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुल्ला गरिने भएको छ । सर्वसाधारणलाई प्रवेश मिल्ने गरी मन्दिर खोलिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
हरेक वर्ष भाईटिकाको दिनसर्वसाधारणको लागि खुल्ला हुने बालगोपालेश्वर मन्दिरमा आफ्ना दिदीबहिनी नहुनेहरूले भाइटिका लगाउने परम्परा चलिआएको छ ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिर हालै मात्र पुनर्निमाण सम्पन्न भएको हो । प्राधिकरणले २७ करोड रुपैयाँ खर्चेर यही महिना रानीपोखरी निर्माण सम्पन्न गरेको हो । प्रताप मल्लकै पालाको ग्रन्थकुट शैलीमा बनेको मन्दिरमा बालगोपाल, शिवलिंग र हरिशंकरी गरी तीन मूर्ति छन् ।
बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक अर्थात् भाइटीकाको दिन मात्रै खुल्ने गर्छ ।

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

प्रतिक्रिया