एफवानसफ्टको बैंकर्स मिटअप सम्पन्न, डिजिटल क्रेडिट बैंकिङ्ग प्रविधिबारे छलफल

काठमाडौँ- नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल प्रा.लि.ले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत एफवान बैंकर्स मिटअप २०२३ कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ । यस कार्यक्रममा एफवान सफ्टको दृष्टिकोण, पछिल्ला दिनमा उत्पादन भएका प्रविधिबारे छलफल भएको थियो ।
उक्त कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रका तथा एफवान सफ्ट ग्रुपका विभिन्न सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एफ्वान सफ्ट इन्टरनेशनलको तर्फबाट पछिल्ला समयमा विकास भएका प्रविधि,मोबाइल बैंकिङ्गमा प्रयोगकर्ताको विकास र विश्वास, आम मानिसले मोबाइल बैंकिङ्गलाई कुन रूपमा प्रयोग गरिरहेका छन् भन्ने विषयमा छलफल भएको थियो । साथै कार्यक्रममा पछिल्ला दुई वर्षमा डिजिटल माइक्रो कर्जा र कर्जा प्रवाह (फोनलोन) बाट देखिएका प्रभावका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा आगामी दिनमा बैकिङ्क क्षेत्रमा मोबाइल बैंकिङ्गको क्षेत्रमा थप कसरी सुविधा दिन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो । उक्त कार्यक्रममा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने ‘ हामीले आयोजना गर्ने सबैभन्दा महत्वपूर्ण कार्यक्रम मध्ये बैंकर्स मिट अप एक हो । यो कार्यक्रममा एफवान सफ्टले लिइरहेको दिशालाई कसरी सञ्चार गर्ने भन्ने कुरामा छलफल गर्न पाउँदा खुशी लागेको छ । हामीले बैंकिङ्ग उद्योगबाट प्राप्त गरेको विश्वास र समर्थन हाम्रो लागि महत्वपूर्ण छ । यो कार्यक्रमले हामीलाई थप हौसला मिलेको छ र हामी हाम्रा साझेदारबाट थप सुझावको अपेक्षा गरिरहेका छौँ ।'
एफवान सफ्ट इन्टरनेशनल डिजिटल बैंकिङ्ग र बित्तीय क्षेत्रमा प्रविधि मार्फत सेवा प्रदान गर्ने अग्रणी फिनटेक कम्पनी हो । सन् २००४ मा स्थापना भएको यस कम्पनीले प्रविधि मार्फत बैंकिङ्ग क्षेत्रमा रहेका समस्यालाई समाधान गर्दै बैकिङ्ग भुक्तानी प्रणाली तथा यस क्षेत्रलाई प्रविधिमा आवश्यक पर्ने थप अनुसन्धान तथा प्रयोग गर्दै आइरहेको छ ।
कम्पनीले नेपालको डिजिटल अर्थतन्त्रको इकोस्टिम निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । कम्पनीले डिजिटल अर्थतन्त्रका लागि नयाँ नयाँ किसिमका प्रविधिको विकास गर्दै आइरहेको छ । हाल एफवान ग्रुप अन्तर्गत इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, बससेवा, दियालो टेक्नोलोजिज लगायतका दर्जनौ कम्पनी सञ्चालनमा रहेका छन् ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया