प्रिमियर लिगः आर्सनल र सिटी विजयी

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आर्सनल र म्यानचेस्टर सिटी विजयी भएका छन् । शीर्ष स्थानको आर्सनलले उपाधि होडमा रहेको म्यानचेस्टर युनाइटेडलाई ३-२ गोलअन्तरले पराजित गर्यो ।
आर्सनलको जितमा एड्डी नकेटियाहरले २ तथा बुकायो साकाले १ गोल गरे । युनाइटेडका लागि मार्कस रासफोर्ड र लिजान्द्रो मार्टिनेजले १-१ गोल फर्काए । जितसँगै शीर्ष स्थानमा रहेको आर्सनलले १९ खेलबाट ५० अंक जोडेको छ । चौथो स्थानमा रहेको युनाइटेडको भने २० खेलमा ३९ अंक छ ।
अर्को खेलमा दोस्रो स्थानको सिटीले भने उल्भ्सलाई ३-० ले पाखा लगायो । सिटीको जितमा अर्लिङ हालान्डले ह्याट्रिक पुरा गरे । सिटीका लागि हालान्डको यो चौथो ह्याट्रिक हो । साथै यस सिजनमा हालान्डले सिटीका लागि ३१ गोल गरिसकेका छन् ।
जितसँगै सिटीले २० खेलबाट ४५ अंक जोडेको छ । तेस्रो स्थानको न्यूकासलले २० खेलबाट ३९ अंक जोडेको छ । उल्भ्स भने २० खेलबाट १७ अंकसहित १७ औँ स्थानमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया